News

Prakash racing on Winter Olympics









नागरिक पत्रिका

प्रकाश तिमल्सिना

काठमाडौं, माघ ११

        पहिलो शीतकालीन युथ ओलम्पिक अष्ट्रेलियाको इन्सब्रुक्मा गतसात सम्पन्न हुँदा नेपालले पनि एक खेलाडी सह्भागी गराएर ओलम्पिक एक्यबध्ढता नवीकरण गर्‍यो । नेपाली किशोर खेलाडी बिवश लामाले स्किको स्लालम र जाइन्ट स्लालम स्पार्धामा प्रतिस्पर्धा गरे । जहाँ ऊनी स्लालम रेस पुरा गर्न असफल भए भने जाइन्ट स्लालमतर्फ ३९औ स्थानमा रहे ।
         झट्ट्नतिजा हेर्दा सन्तोष लिने ठाउँ नदेखिए पनि बिवोशको सह्भागीता खुसी हुने थुप्रै पक्ष छन , नेपाली खेलकुदका लागि । ऊनी वाइल्ड कार्ड्को सहारामा शीतकालीन ओलम्पिकमा सहभागी भएका थिएनन्ं ।शीतकालीन खेलकुदको कुनै पुर्वाधार नभएको देशबाट बिवोश छनोट चरण पार गरेर ओलम्पिक्सम्म पुग्न सफल भएका छन ।
         हिऊँमा खेलिने शीतकालीन ओलम्पिकमा नेपालले सफलता पाऊनु सजिलो पक्कै होइन ।त्ससैले नेपाल ओलम्पिक कमिटि(एनओसी) र नेपाल स्की संघले सह्भागीतालाई नै देशको प्रतिष्थास्ँग जोडेर बयान गेरेको छ ।पहिलोपाली यूथा ओलम्पिल हुँदा नेपाल पनि त्यसको हिस्सा हुनुलाई सुखद पक्षका रुपमा बयान गर्छन्ं स्की संघका अध्यक्ष एवम्ं एनओसी महासचिप जीवन राम श्रेष्ठ ।'हामीकहाँ स्कीलाई कुनै भौतिक पुर्वाधार छैन,एस्तो अवस्थामा हामीले आफैले ऊत्पदन गरेको खेलाडीले ओलम्पिक्सम्मको यात्रा गर्नु साँच्चै गौरवमय पक्ष हो' ऊनी भन्छन्ं ।स्वोदेशमा हिऊँको खेल नहुँदा संघले वैदेशिक प्रशिक्षणको व्यवस्था मिलाएर खेलाडीलाई छनोटमा योग्य पारेको थियो ।
          नुवाकोट ककनीका विवशले दुई वर्षअघी मात्र पहिलोपटक हिऊँको खेल स्की खेलेका थिए ।छोटो यात्रामै छ्नोट पार गरेर ओलम्पिकसम्म पुगेका विवशले ओलम्पिकअघी तीनपटक स्कीको प्रतियोगितामा भाग लिने अवसर पाए ।सन् २०११ मा मात्र तीन अन्तराष्टि्य प्रतियोगितमा सहभागी र त्यसैदौरान पएको प्रशिक्षण अवसरले ऊनी तिखारिएका थिए ।भरतमा २०११ को सुरुआतमा दक्षिण एसियाली स्की प्रतियोगितामा भाग लिएका विवशले मार्च मा कोरियामा सम्पन्न एसियाली चिल्ड्रेन च्याम्पियनसिप्मा पनि सहभागिता जनाए । डिसेम्बरमा चीनमा भएको स्की रेसमा राम्रो प्रदर्शन गर्दै अंकका अधारमा ऊनी ओलम्पिकलाई चानोट भएका थिए ।
           एकै वर्ष खेलेका तीन फरक प्रतियोगिता र त्यसदौरानको अभ्यासले ऊनलाई युथ ओलम्पिक पुग्न सजिलो बनायो ।स्की अल्पाइनको गाइन्ट स्लालममा ऊनले रेस पुरा गरेर आफूमा पर्याप्त क्षमता रहेको प्रमाणित गरे ।
            नेपाली टोलीका सेभ द मिसन चतुरानन्द वैध विवशको प्रदर्शनलाई सन्तोषजनक मान्छन् ।'हाम्रो मुख्य लक्ष्य रेस पूरा गर्ने थियो, जसमा सफल भयौ,' वैधले भने,'देशमा खेल्न नपाऊँदा विदेशमा सामान्य प्रतिस्पर्धा गर्नु सजिलो थिएन । चार दिने तयारीमा पनि विवश जाइन्ट स्लालम पूरा सफल भए, यसलाई ऊपलब्धिमूलक मान्नुपर्छ ।' भबिष्यमा राम्रो प्रदर्शन गर्न प्रशिक्षणको व्यवस्था मिलावनु आवश्यक रहेको वैधले औल्याए ।'हाम्रो आफ्नै रिपोर्ट छैन ।बिदेशमै भर पर्नुपर्छ ।प्रशिक्षणको अब धि केही बदाऊन सक्ने हो भने अझै राम्रो प्रदर्शन गर्न सकिन्च' ऊनले थपे । 
             ओलम्पिकसम्मको यात्रा तय गरेका विवश स्कीलाई निरन्तरता दिने पक्षमा छन । 'ठूला प्रतियोगिताको अनुभव भयो । म यो खेलालाई निरन्तरता दिन चाहान्छु,'बालाजुको बिएसटीमा कक्षा ९ मा अध्यनरत् विवशले भने ।
              नेपालले शीतकालीन ओलम्पिक्मा भाग लिएको यो नै पहिलो अवसर होइन । तर विगतमा विदेशमा रहेको नेपालीको सहभागितामै नेपालले सन्तुष्टि+ जनाऊँदै आएको थियो ।
.........................................................................................................

कान्तिपुर पत्रिका

निर्मल श्रेष्ठ

१९ चैत २०६८ 



यूरोपेली कम्पनी स्कीमा लगानी गर्न इस्छुक्
   पेरिस (फ्रान्स)-युरोपेली कम्पनीहरुले हिमाली  भेगमा स्की ट्रयाक बनाऊन रुचि देखाएका छन् ।स्कीका लागि नेपालका ऊपयुक्त स्थल र सम्भाव्यताबारे जानकारी दिन केहि कम्पनीले यूरोपस्थित नेपाली दूतावासलाई आग्रह गरेको छन् । केही वर्षयता स्थिटजरल्यान्ड्, अस्टि्या,फ्रान्स,जर्मनी लगायत प्रसिध्द यूरोपली स्की स्थलमा चिसो मौसममा समेत हिऊँ पातलिँदा करोडौ लगानी गरिएका रिसोर्टहरुले ठुलो नोक्सानी बेहोर्नुपरेको समाचार सार्वजनिक भएका छन् ।'यसैले युरोपका ठुला कम्पनीहरु बाह्रै महिना हिऊँ पर्ने नेपालजस्ता मुलुकतर्फ आकषित भएका हुन् ,'फ्रान्सका लागि नेपाली राजदुत मोहनकृष्ण श्रेष्ठले भने,'हामीले विस्तृत विवरण सहितको प्रस्ताव ल्याऊन भनेका छौ ।' 
   सरकारले लगनी वर्ष घोषणा गरेका बेला यिनलाई नेपालतर्फ आकर्षित गर्न सके स्की खेलप्रेमीहरुका लागि नयाँ पर्यटकीय गन्तव्य बन्न सक्ने ऊनले बाताए ।'ठोस प्रस्ताव सहित आए सरकारका तर्फबाट सक्दो मद्दत गरिने आश्वासन दिएको छु,'ऊनले भने । 
   नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले साहसिक खेलका रूपमा खेलिने स्कीको बिकास गर्न सके नेपाल बिश्वभरका खेलप्रेमीहरुका लागि आकर्षक गन्तव्य हुनसक्ने बताए ।'हामीले नेपालमा स्कीको ठुलो सम्भाव्यता देखेका छौं,' अध्यक्ष श्रेष्ठले कान्तिपुरसँगको टेलिफोन कुराकानीमा भने, 'मनाङ्, रसुवाको कनजिङ भ्याली र सोलुका केही ठाउँ स्की लागि अत्यन्तै ऊपयुक्त देखिएका छन् ।'स्कीको सम्भाव्यता अध्यनका लागि अंतर्राष्ट्रीय स्की महासंघलाई विशेषज्ञ पठाई सहयोग गरिदिन अनुरोध गरिएको समेत ऊनले जनाए । 'दशकौ अघी स्विस टोलीले अन्नपूर्ण बेसक्याम्पमा यस सम्बधी अध्ययन गरी स्कीका लागि ऊपयुक्त ठहर गरेको जानकारी पाएका छौ,' ऊनले भने, हेलिकोप्टरबाट हिमाली भेगमा पुगी स्कीको मज्जा लिने गरेको छन् । ट्रेकिङमा जाने कतिपय पर्यटकहरुले ऊपयुक्त स्थल भेटिए स्कीको आनन्द लिने गरेको श्रेष्ठले बताए । 'यो सुरक्षित र व्यवस्थित भने छैन,' ऊनले भने,' ऊनले भने, 'कसैले यस क्षत्रमा लगानी गर्न चाहे सरकारसँग समान्वय गरी प्राविधिक लगायत सहयोग ऊपलब्ध गराऊन सक्छौ ।' खर्च ठूलो भए पनि नेपालमा लगानी गर्ने कम्पनीले छिट्टै मुनाफा आर्जन गर्ने समेत श्रेष्ठको दाबी थियो । दूतावासले लगानी वर्षबारे जानकारी गराऊन शुक्रबार साँझ राजदूत निवासमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका ऊधोगी व्यापारिहरुको सहभागिता थियो ।कतिपए व्यावसयीहरु सम्भाब्यता अध्ययनका लागि छिट्टै नेपाल भ्रमणमा जाने बताएका छन् ,' राजदूत श्रेष्ठले भने । 
   पेरिसस्थित परराष्ट्र तथा युरोपेली मामिला मन्त्रालयकी ऊपनिर्देशक भेरोनिक रोगर लाकानले समेत फ्रन्सेली व्यावसायीहरु नेपालको पर्यटन्, होटल्, जलविधुत लगायत क्षेत्रमा लगानी गर्न इच्छुक देखिएको बताइन । लाकानले कान्तिपुरसँगको कुराकानीमा नेपाल सरकारले अघि सारेको लगानी वर्षलाई स्वागतयोग्य बताऊँदै भनिन् 'राजनितिक स्थायित्व्, लगनीको सुरक्षा र स्पष्ट क्षमनीतिको प्रत्याभूति हुन सके फ्रान्सेली लगानीकर्ताहरु अकार्षित हुने छन् '
   नेपाल र फ्रान्सबीच सन् १९८३ मा 'पारस्परिक लगानी प्रवर्ध्द्न तथा संरक्षण्' सम्झौता भएको थियो । दुई मुलुकबीच वषौं पुरानो सम्बन्ध रहेको बताऊँदै ऊनले नेपालको सुन्दरताले फ्रान्सेलिहरुलाई धेरै अघि आकर्षित गरेको सुनाईन् । नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूट्नीतिक सम्बन्ध स्थापना भएको थियो ।फ्रान्सबाट बर्सेनि करिब तीस हजारले नेपाल भ्रमण गर्ने गरेका छन् ।होटेल, रेस्टुराँ, अयुर्वेदिक औषधि, लगायत क्षेत्रमा फ्रान्सेलीहरुको नेपालमा लगानी रहेको दुताबासले जनायो ।